काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानबमोजिम प्रधानमन्त्रीका सिफारिशमा वरिष्ठ अधिवक्ता रामप्रसाद भण्डारी(प्रमाणपत्र नं १००)लाई न्याय परिषद् सदस्यमा नियुक्त गरेकी छन् ।


ADVERTISEMENT


संविधानको धारा १५३ को उपधारा १ को खण्ड घ बमोजिम खनियापानी –९, रामेछापका भण्डारीलाई सो पदमा नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले आज विज्ञप्तिमार्फत जानकारी दिएका हुन् । रासस


ADVERTISEMENT

# # #