काठमाडौँ – काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि १८ अर्व ९५ करोड ७७ लाख १२ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।


ADVERTISEMENT


बिहीबार काठमाडौं महानगरपालिकाको नगर अधिवेशनमा उपप्रमुख हरिप्रभा खड्गीले बजेट सार्वजनिक गरेकी हुन् । बजेटमा कोभिड–१९ महामारीले निम्त्याएको जटिल परिस्थितिको सम्बोधन, महानगरवासीको विकासप्रतिको उत्कट चाहना, गतवर्ष गरिएको सेवाग्राही सर्वेक्षणमा महानगरवासीबाट प्राप्त सुझावहरू, विगतमा बजेट कार्यान्वयनमा देखिएका समस्याको सम्बोधन गरिएको उनले बताइन् ।


ADVERTISEMENT

# # #


बजेटमा प्रशासनिक क्षेत्रतर्फ ३ अर्ब ७५ करोड ७७ लाख, आर्थिक विकास क्षेत्रतर्फ ५५ करोड, सामाजिक विकासतर्फ २ अर्ब ७० करोड, पूर्वाधार विकासतर्फ १० अर्ब ८० करोड र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ १ अर्ब १५ करोड प्रस्ताव गरिएको उनले बताइन् ।

महानगरपालिकाले आगामी आर्थिक वर्षमा महानगरवासीका लागि स्वास्थ्य बीमा कार्यक्रममा ५० प्रतिशत विमा शुल्क व्यहोर्ने, ज्येष्ठ नागरिक विशिष्टीकृत सेवा सहितको महानगर विशेष अस्पताल सञ्चालन गर्ने लगाएका कार्यक्रममा बजेट बिनियोजन गरेको छ ।