काठमाडौँ– भक्तपुर २ सल्लाघारीस्थित यती कार्पेट इन्डष्ट्रिजमा आगो लागेको चार महिनापछि केडिया समूहले नयाँ उद्योग खोल्ने तयारी थालेको छ ।


ADVERTISEMENT


सल्लाघारीको जग्गा साँघुरो हुने भएकाले उक्त समूहले अन्यत्रै ठाउँ खोजिरहेको छ । केडिया अर्गानाइजेसनका मार्केटिङ एन्ड कर्पोरेट म्यानेजर राजकुमार साहका अनुसार नयाँ उद्योगको लागत करिब ४० करोड रुपैयाँ अनुमानित छ । र, त्यसमा अत्याधुनिक प्रविधि प्रयोग गर्ने लक्ष्य पनि उक्त समूहको छ ।


ADVERTISEMENT

# # #


सल्लाघारीस्थित उद्योगमा गत ३ असारमा आगलागी भएको थियो । नजिकैको ट्रान्सर्फमर पड्किँदा खसेको आगोको झिल्को उद्योगले सञ्चित गरेको फर्निस आयलमा खसेको थियो । सोही कारण आगलागी भएको केडिया समूहले बताउँदै आएको छ ।

त्यहाँको १२ मध्ये ६ रोपनी समूहकै थियो भने ६ रोपनी भाडामा लिइएको थियो । १२ रोपनी अपर्याप्त रहेकाले २० रोपनी खोजिरहेको छ, उक्त समूहले । साहले भने, ‘आवश्यक जग्गा भेटिनासाथ निर्माण थाल्छौं ।’

साँघुरो ठाउँमा स्टोर, फर्निस आयल र उत्पादन स्थल नजिक÷नजिक हुँदा ठूलो क्षती बेहोर्नुपरेकाले फराकिलो जग्गाको खोजी गरिएको साहको भनाइ छ । नेपालमा प्रतिष्ठा प्राप्त गरेकाले यती कार्पेटको उत्पादन पुनः सुरु गर्ने तयारी उक्त समूहले गरेको हो । पूरानै कामदारालाई लिएर नयाँ उद्योग सञ्चालन गर्ने योजनामा छ, उक्त समूह । उक्त उद्योगमा ३५ स्थायी र ३५ अस्थायी कामदार कर्मचारी थिए ।

साहका अनुसार उपत्यकाबाहिर उद्योग सञ्चालनको योजना छैन । पूरानै कामदाररकर्मचारीका लागि त्यसो गर्दा अपायक पर्ने भएकाले उपत्यकाभित्रै जग्गा खोज्नुपरेको उनले बताए ।

नयाँ कारखानामा आसपासका बासिन्दालाई पनि रोजगारी दिने उक्त समूहको योजना छ ।अर्गानाइजेसनका अनुसार आगलागीका कारण ९० करोडदेखि एक अर्ब रुपैयाँबराबरको क्षती भएको थियो ।

साहका अनुसार ४० करोड रुपैयाँको मात्रै बीमा गरिएको थियो । त्यसमध्ये बीमा कम्पनीबाट यसले १५ करोड रुपैयाँ पेश्कीका रुपमा प्राप्त भएको छ ।