काठमाडौँ– छठ पर्वको अवसरमा कात्तिक ९ गतेदेखि रिलिज भएको फिल्म ‘ऐश्वर्य’ले सुखद सुरुवात गरेको छ ।


ADVERTISEMENT


फिल्मको वितरक कम्पनी डीसीएनले दिएको आँकडा अनुसार, यो चलचित्रले काठमाण्डौमा २८ लाख ८६ हजार १०७ रुपैयाँको ग्रस कलेक्सन गरेको छ भने मोफसलमा १९ लाख ३० हजार ५७५ को ब्यापार गर्न सफल भएको छ । फिल्मले पहिलो दिन ४८ लाख १६ हजार ६ सय ८२ रुपैयाँ बराबरको ग्रस कलेक्शन गरेको छ ।


ADVERTISEMENT

# # #


बिहिबार काठमाण्डौका मल्टिप्लेक्समा दर्शकको उपस्थिती उच्च देखियो । बिहानैबाट मल्टिप्लेक्समा दर्शक फिल्म हेर्न पुगेका थिए । चलचित्रका नायक तथा निर्माता रमेश उप्रेती, नायिका दीपिका प्रसाई, खलनायक प्रशान्त ताम्राकार र निर्देशक दिवाकर भट्टराइले दर्शकसँगै बसेर चलचित्र हेरेका थिए ।

चलचित्र हेरिसकेपछि अधिकांश दर्शक नायक रमेश उप्रेती र खलनायक प्रशान्त ताम्राकारसँग सेल्फी खिच्न झुम्मिएका थिए । केही दर्शकले रमेशले चलचित्र क्षेत्रमा कमब्याक गरेको भन्दै वधाई समेत दिएका थिए । चलचित्रले सुखद व्यापार गरेपछि नायक रमेश उप्रेती निकै खुशी देखिएका छन् ।