तनहुँ– व्यास नगरपालिकाले ‘आत्म निर्भर छोरी सशक्त व्यास नगर’ अभियान मार्फत छोरीलाई सम्मान कार्यक्रम ल्याएको छ ।


ADVERTISEMENT


विशेष गरी नगरपालिकाभित्रका आदिवासी जनजाति, दलित र सीमान्तकृत समुदायलाई सो अभियानले समेट्ने छ । बीस वर्ष पुगेपछि मात्र विवाह गर्ने दलित, बोटे, दराई, कुमाल र चेपाङका छोरीलाई सम्मान गर्दै विवाहमा आर्थिक सहयोग समेत गरिने नगरपालिकाले जनाएको हो ।


ADVERTISEMENT

# # #


प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले सीमान्तकृत समुदायको उत्थानका लागि छोरी सम्मान कार्यक्रम ल्याइएको जानकारी दिएका छन् । यसैगरी नगरपालिकाभित्र स्थायी बसोबास गर्ने स्नातक तहसम्म योग्यता हासिल गरेका बिपन्न बेरोजगार महिलालाई उद्यमशीलता विकासका लागि अनुदान सहयोग प्रदान गरिने छ । उउनी भन्छन्, ‘स्वास्थ्य सङ्कटमा रहेका विपन्न महिलालाई आर्थिक सहयोग प्रदान गरी जीवनरक्षाको लागि सहयोग गरिनेछ ।’

‘महिलासँग उपप्रमुख कार्यक्रम’ अन्र्तगत गर्भवतीको पोषणको सहयोग गर्ने कार्यक्रम तय गरिएको उनले जनाए । लैङ्गिक हिंसा निवारण कोष सञ्चालन गरी हिंसामा परेका महिलालाई कानूनी उपचारको लागि सहयोग गरी उनीहरुको सुरक्षा र संरक्षणको व्यवस्था मिलाइएको नगरपालिकाले जनाएको छ । उच्च शिक्षा अध्ययन गर्न आर्थिक रुपमा विपन्न रहेका छात्रालाई छात्रवृत्ति उपलव्ध गराएर उच्च शिक्षा हासिल गर्न सहयोग पुर्‍याउने कार्यक्रम रहेको उनको भनाई छ ।

नगरपालिकाले ‘निजी क्षेत्र एवं लगानीमैत्री’ नगरपालिका निर्माण गरी निजी साझेदारीको अवधारण अनुरुप मानहुँकोट, नारेश्वर ताल निर्माणलगायत योजनामा सहकार्य गर्ने भएको छ । नगरपालिकाको बिहीबार सम्पन्न ३५औँ नगरसभाले नगरपालिकाको आर्थिक विकासका लागि ‘निजी क्षेत्रसँग नगरपालिका’ भन्ने कार्यक्रमको आयोजना गरी हरेक तीन महिनामा एक पटक स्थानीय व्यवसायी र जनप्रतिनिधिबीच अन्तरक्रिया गरिने नगरप्रमुख बैकुण्ठ न्यौपानेले बताए ।

व्यास –५ को चिन्तुटार, व्यास–१० को माथिल्लो भतेरी, सिसौघारी हुँदै परेवा रहसम्मको सार्वजनिक बगर क्षेत्रलाई औद्योगिक ग्राम बनाउने योजना रहेको उहाँले जानकारी दिए । रासस