काठमाडौँ – विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले रक्तदान कार्यक्रम गरेका छन् ।


ADVERTISEMENT


रगत अभावलाई परिपूर्ति गर्ने उद्देश्यले नेकपाले काठमाडौंको सोल्टीमोडस्थित नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालयमा रक्तदान कार्यक्रम गरेको हो । कार्यक्रममा ५० भन्दा बढिले रक्तदान गरेका थिए ।


ADVERTISEMENT

# # #


रक्तदानपछि नेकपा नेता माइला लामाले विश्वव्यापी कोरोना महामारीका कारण उत्पन्न रगत अभावलाई परिपूर्ति गर्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको जानकारी दिए । रगतको अभावका कारण ज्यान गुमाउन नपरोस भनेर रक्तदान गरिएको उनको भनाई छ ।

नेकपाले आगामी दिनमा अन्य सामाजिक कार्यमा समेत सक्रिय हुने जनाएको छ ।