काठमाडौँ – सर्वोच्च अदालतले राजदूतमा सिफारिस गरिएका युवराज कार्कीलाई राजदूतमा नियुक्त नगर्न सरकारका नाममा अन्तरिम आदेश दिएको छ ।


ADVERTISEMENT


आइतबार सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले यसअघि नै सरकारले ल्याएको राजदूत नियुक्तिसम्बन्धी निर्देशिका २०७५ कार्यान्वयन नगर्न आदेश दिइसकेको भन्दै उक्त आदशे दिएको हो ।


ADVERTISEMENT

# # #


राजदूत नियुक्तिसम्बन्धी निर्देशिका २०७५ मा राजदूतका लागि स्नातक उतीर्ण हुनुपर्ने व्यवस्था छ । तर सरकारले वैशाख २५ गते उक्त निर्देशिका संशोधन गरी मन्त्रीको रुपमा सेवा गरिसकेको व्यक्तिको हकमा यो दफा लागू हुने छैन भन्ने व्यवस्था राखेको थियो ।

तर, सर्वोच्चले उक्त निर्देशिका कार्यान्वयन नगर्न र राजदूत नियुक्त हुन स्नातक उतीर्ण हुनुपर्ने व्यवस्थालाई निरन्तरता दिन अन्तरिम आदेश दिएको थियो ।