काठमाण्डौं;  नेपाल विद्युत् प्राधिकरणले भारतको विद्युत् व्यापार निगम (एनभिभिएन)सँग विद्युत् खरिद सम्झौता नवीकरण गरेको छ ।
भारतको राजधानी नयाँ दिल्ली पुगेको प्राधिकरणको उच्च नेतृत्व र निगमका अधिकारीबीच उक्त सम्झौता नवीकरण भएको हो ।


ADVERTISEMENT


पछिल्लो पटक नवीकरण गरिएको उक्त सम्झौता आगामी पुस १६ गतेसम्म कायम रहनेछ ।त्यसपछि पुनः अर्को सम्झौता गर्ने प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले जानकारी दिए ।


ADVERTISEMENT

# # #


ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट सो सम्झौताअनुसार १६० मेगावाट विद्युत् आयात गरिनेछ । उक्त विद्युत् प्रतियुनिट रु ५.७७ मा आयात हुनेछ ।

नवीकरण सम्झौतामा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र एनभिभिएनका प्रमुख कार्यकारी अधिकृत अरुणकुमार गर्गले हस्ताक्षर गरेको प्रवक्ता अधिकारीले जानकारी दिए। एनभिभिएन नेपालमा विद्युत् उपलब्ध गराउने भारतको ‘नोडल एजेन्सी’ हो ।