काठमाडौँ – देशभर एक तिहाई क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ । कृषि विभागकाअनुसार सोमवार साँझसम्ममा देशभर २७ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको हो, यो अघिल्लो वर्षको तुलनामा १९ प्रतिशतले कम हो ।


ADVERTISEMENT


विभागकाअनुसार यस वर्ष असार मध्येसम्ममा ७१ हजार ९५८ हेक्टर जमिनमा रोपाइँ भएको छ । अघिल्लो वर्ष यो अवधिसम्ममा ८६ हजार हेक्टर जमिनमा रोपाइँ सम्पन्न भएको थियो ।


ADVERTISEMENT

# # #


यस वर्ष समयमै मनसुन सुरु भएतापनि अघिल्लो वर्षको तुलनामा रोपाइँ घटेको हो ।