काठमाडौँ – यातायात व्यवस्था विभागले साउन १ गतेदेखि सवारी लाइसेन्स दिने भएको छ । विभागले ट्र्याल पास गरेपछि स्मार्ट लाइसेन्स दिनुअघि परीक्षणकालीन लाइसेन्स दिन लागेको हो ।


ADVERTISEMENT


सवारी तथा यातायात व्यवस्था ऐन २०४९ ले लाइसेन्स परीक्षा पास गरेपछि १ वर्षको परीक्षणकालीन लाइसेन्स दिनुपर्ने व्यवस्था गरेको छ । तर हालसम्म परीक्षणकालीन लाइसेन्स दिने व्यवस्था थिएन । विभागले गत बैसाख पहिलो साता जेठ १ गतेदेखि नै परीक्षणकालीन लाइसेन्स दिने बताएको थियो । तर निषेधाज्ञाका कारण निर्धारित समयमै यो व्यवस्था लागू हुन सकेको थिएन ।


ADVERTISEMENT

# # #


यस्तो लाइसेन्सको अवधि १ वर्ष हुनेमो त्यो बीचमा ५ पटकसम्म कारवाहीमा परे स्मार्ट लाइसेन्स पाइनेछैन भने शुरुदेखि प्रक्रिया पुनः शुरु गर्नुपर्नेछ ।