काठमाडौँ – आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र शंखरापुर नगरपालिकाबिच नगरवासीको भौतिक सम्पत्ति, बालिनाली, पशुपन्छी तथा कृषकहरुको व्यक्तिगत दुर्घटना बीमा गराउने सम्बन्धमा सम्झौता भएको छ ।


ADVERTISEMENT


उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र शंखरापुर नगरपालिकाको तर्फबाट नगर प्रमुख सुवर्ण श्रेष्ठले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता पश्चात शंखरापुर नगरपालिकामा रहेका सम्पूर्ण कृषकले आफ्नो पशुपन्छी तथा बालिनालीको बीमा ढुक्कसँग आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट गर्नसक्ने छन् । यससँगै शंखरापुरले नगरवासीको भौतिक सम्पत्ति, कृषकहरुको बालिनाली, पशुपन्छी तथा कृषकहरुको व्यक्तिगत दुर्घटना बीमा गराउने प्रतिवद्धता सहित काठमाडौँ जिल्लामा नै नमूना नगरपालिकाको रुपमा आफूलाई स्थापित गरेको छ ।


ADVERTISEMENT

# # #


सोही अवसरमा नगर प्रमुख सुवर्ण श्रेष्ठले आफूले आफना नगरावासी कृषकको बालिनाली, पशुपन्छीको बीमा पश्चात कुनै कृषकको बीमा गरिएको कुनै पनि सम्पत्तिको हानी नोक्सानी भएमा सो को क्षतिपूर्ति तुरुन्त प्राप्त गर्न नगरपालिकाले आइएमई जनरल इन्स्योरेन्स लिमिटेडसँग सम्झौता गरी व्यवस्था मिलाएको बताए । उनले कृषकहरुले आफ्नो सम्पत्तीको बीमा गरी ढुक्क भएर पशुपन्छी पालन लयागत कृषि उपजमा व्यक्तिगत र व्यावसायिक रुपमा लगानी गरी उत्पादन पढाउन अनुरोध गरे । साथै यस कार्यमा नगरपालिकाले अभिभावकको रुपमा रहेर नगरवासीहरुलाई सेवा गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले शंखरापुर नगरपालिकाले आफ्ना नगरवासी लगायत नगरभित्र रहेका कृषकहरुको सामूहिक हित हुने गरी कम्पनीसँग बीमा गर्ने अवसर प्रदान गरेकोमा नगरवासीहरुलाई उच्च कोटीको बीमा सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । नगरवासीहरुलाई आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट प्राप्त गर्नसक्ने हुने हुनाले ढुक्क भएर सेवा लिन कम्पनीले आव्हान गरेको छ ।