काठमाडौँ – नेपाल राष्ट्र बैँकले अनाधिकृत रुपमा राष्ट्र बैँकका नाममा नक्कली फेसबुक पेज बनाएर भ्रम नछर्न चेतावनी दिएको छ ।


ADVERTISEMENT


बिहीबार एक ध्यानाकर्षण सार्वजनिक गर्दै राष्ट्र बैँकले अनधिकृतरुपमा नेपाल राष्ट्र बैंकको फेसबुक पेज सृजना गरी भ्रामक जानकारी तथा सूचना पोष्ट भइरहेको भन्दै त्यस्तो कार्य नगर्न भनेको हो ।


ADVERTISEMENT

# # #


राष्ट्र बैँकले हालसम्म राष्ट्र बैँकको कुनै आधिकारिक फेसबुक पेज नभएको र कुनैपनि प्रकारको सूचना जानकारी तथा आह्वान फेसबुक पेज मार्फत नगरिएको जनाएको छ ।

त्यस्ता नक्कली फेसबुक पेजलाई विश्वास नगर्न अपील गर्दै राष्ट्र बैँकले नक्कली पेज बनाउनेलाई साइबर अपराध सम्बन्त्री कानुनबमोजिम कारबाही गर्ने समेत चेतावनी दिएको छ ।