काठमाडौँ – राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आफ्नो ६३ औँ वार्षिकोत्सव आज सामान्य कार्यक्रमका गरी मनाएको छ । कोभिड–१९ महामारीको जोखिमलाई मध्यनजर गर्दै निगमले आफ्नै कार्यालयमा सीमित सङ्ख्याका कर्मचारीको उपस्थितिमा संक्षिप्त कार्यक्रम गरेको हो । सो अवसरमा निगमको विभिन्न जिम्मेवारीमा रहेका कर्मचारीलाई पदक र सम्मानपत्र प्रदान गरिएको थियो ।


ADVERTISEMENT


सो अवसरमा निगमका महाप्रवन्धक डिमप्रकास पौडेलले बीस वर्षे सेवा अवधि पूरा गरेका चार कर्मचारीलाई पदक र सम्मानपत्र प्रदान गरे । दीर्घसेवा पदक पाउनेमा वरिष्ठ पाइलट नरबहादुर विश्वकर्मा, राजेश कुशवाहा, सञ्जय वैद्य र उज्जल सिलवाल रहेका छन् । महाप्रवन्धक पौडेलले निगमका कर्मचारीले कठिन घडीमा पनि देश र जनताको लागि उल्लेखनीय सेवा दिएकोमा सराहना गर्दैै भविष्यमा आइपर्ने समस्यामा डटेर योगदान पुर्याउने विश्वास व्यक्त गरे ।


ADVERTISEMENT

# # #


महँगो ब्याजको ऋण, महँगो हवाई इन्धन र देश प्रतिकूल विमान किन्नु परेका कारण निगमले दोष बोक्नु परेको चर्चा गर्दै उनले निगमको प्रयासमा हवाई इन्धनको मूल्य घटाउन सकिएको कारण वित्तीय प्रवाहमा महत्वपूर्ण मद्दत पुग्ने बताए । महाप्रवन्धक पौडेलले नेपाल सरकारको सहयोग निरन्तर प्राप्त भएको छ र त्यसमा निगम भित्रको सामूहिक प्रयासमा जवाफदेहिता, पारदर्शिता र व्यावसायिकतासहित अघि बढ्न आव्हान गरे ।