काठमाडौँ – ‘अनलाइन लर्निङ प्लेटफर्म’ ‘माई सेकेण्ड टिचर’ले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई ५ लाख रुपैयाँले सम्मान गरेको छ ।


ADVERTISEMENT


नेपाली क्रिकेट टोलीको जर्सी प्रयोजक समेत रहेको ‘माई सेकेण्ड टिचर’ले बिहीबार एक कार्यक्रमको आयोजना गरी गत वैशाख पहिलो साता काठमाडौँमा भएको टी–२० त्रिकोणात्मक सिरिजको विजेता नेपाली टोलीलाई उक्त सम्मान गरेको हो ।


ADVERTISEMENT

# # #


कम्पनीका फाउन्डर तथा सीईओ सुलभ बुढाथोकीले नेपाली क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ललाई ५ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका हुन् । नेपालले गत वैशाख पहिलो साता नेदरल्याण्ड र मलेसियासँगको त्रिकोणात्मक सिरिजको उपाधी जितेको थियो ।

यस्तै ‘माई सेकेण्ड टिचर’ उक्त सिरिजमा डेब्यू गरेका चार नेपाली खेलाडीलाई समेत जनही ४ लाखले सम्मान गरेको छ । सम्मान पाउनेमा कुशल भुर्तेल, आशिफ शेख, साहब आलम र कमलसिंह ऐरी रहेका छन् ।