काठमाडौँ – नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रा. लि. ले ग्राहकहरुको माग बमोजिम सेलपे सेवा अब वालेट मार्फत पनि चलाउन सकिने गरी सेवा विस्तारको क्रममा ग्राहकहरुका लागि दोश्रो चरणको योजना शुरु गरेको छ ।


ADVERTISEMENT


यस योजना अन्तर्गत सेलपेका ग्राहकहरुले वालेट लोड गर्दा १० प्रतिशत (५० रुपैयाँ) सम्म ‘क्यासब्याक’ र मोवाईल टपअपमा ४ प्रतिशत ‘क्यासब्याक’ तुरुन्तै पाउन सकिने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार यो योजना असार १७ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्म लागू हुने छ ।


ADVERTISEMENT

# # #


सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा हो । सेलपेद्वारा विभिन्न सेवाको महसुल भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर लगायत वास्तविक समयमा गर्न सकिन्छ । साथै ग्राहकहरुले सेलपे कार्ट सेवा मार्फत सजिलै घरमै बसी बसी बिभिन्न सामानहरु खरिद गर्न सक्छन् ।