काठमाडौँ – नेपालमा शुक्रबार थप २ हजार २ सय ९९ जनामा कोरोना पुष्टि भएको छ ।


ADVERTISEMENT


देशभर गरिएको ६ हजार ५ सय ६६ वटा पिसिआर परीक्षणका क्रममा १ हजार ३ सय ९१ जना र ४ हजार ३० एन्टीजेन परीक्षणका क्रममा थप ९०८ जनामा कोरोना पुष्टि भएको हो । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ७८ हजार ८ सय ८ पुगेको छ ।


ADVERTISEMENT

# # #


त्यस्तै कोरोनाका कारण थप ३४ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ९ हजार १ सय ७९ जनाको मृत्यु भएको छ । त्यस्तै थप ३ हजार ४ सय ५१ संक्रमित निको हुँदा हालसम्म नेपालमा ६ लाख ३ हजार ६ सय जना कोरोनामुक्त भएका छन् । हाल नेपालमा २९ हजार २७४ सक्रिय संक्रमित आइशोलेशन र २९९ जना क्वारेन्टाइनमा छन् ।

हालसम्म नेपालमा ३३ लाख ५७ हजार ८२९ वटा पिसिआर र १ लाख ९६ हजार ६९६ वटा एन्टीजेन परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।