काठमाडौँ – महाधिवेशनको संघारमा रहेको नेपाली कांग्रेसको क्रियाशील सदस्यता वितरणमा नेताहरुबीच देखिएको विवाद समाधान भएको छ ।


ADVERTISEMENT


पार्टी कार्यालय सानेपामा शुक्रबार बसेको कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले क्रियाशील सदस्यता वितरणमा देखिएको समस्या सहमतिमा नै टुङ्गाउने सहमति भएको हो । क्रियाशील सदस्यताका बारेमा परेको उजुरी र गुनासो सहमतिमा नै टुङ्गाउने सहमति भएको कांग्रेस नेता एवं क्रियाशील सदस्यता छानविन समितिका संयोजक रमेश लेखकले जानकारी दिए ।


ADVERTISEMENT

# # #


त्यस्तै अन्य दलबाट कांग्रेसमा समाहित भएका दलका सदस्यको नविकरण पनि सहमतिमा नै गरिने उनको भनाई छ । उनका अनुसार हालसम्म ४ लाख सदस्यले नविकरण गरेका छन् भने ४ लाखको हाराहारीमा नै नयाँ सदस्यता इन्ट्री भएको छ । उनले क्रियाशील सदस्यताका बारेमा अव कुनै समस्या नरहेको जानकारी दिए ।

उनले तोकिएको समयमा नै महाधिवेशन र अन्य जिल्ला अधिवेशन हुने जानकारी पनि दिए ।