काठमाडौँ – बीएण्डसी मेडिकल कलेज शिक्षण अस्पताल तथा अनुसन्धान सेन्टरका कार्यकारी निर्देशक दुर्गा प्रसाईले आफूलाई सम्बन्धन नदिने भए राज्यले आफ्नो मातहतमा लिएर चलाए हुने बताएका छन् । शनिवार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उनले आफू राज्यलाई उक्त संस्था दिन तयार भएको बताएका हुन् ।


ADVERTISEMENT


‘सम्बन्धन नदिने भए राज्यलाई दिन्छु राज्यले लैजाओस् र चलाओस्,’ उनले भने, ‘त्यो पनि सक्दैन भने बन्द गरोस् सँधैँका लागि ।’


ADVERTISEMENT

# # #


चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले आफूसँग २० करोड घूस मागेकोमा आफूले नदिएपछि आफूविरुद्ध षड्यन्त्र गरेको आरोप उनले लगाए ।

आयोगको गत जेठ २८ गतेको निर्णयबमोजिम ७ दिनभित्र सम्बन्धन दिने नदिने विषयमा आयोगले निर्णय गर्नुपर्नेमा २१ दिन बित्दा पनि उक्त निर्णय गरेको छैन । यसमा आयोगका उपाध्यक्ष गिरीले घूस नपाएपछि षड्यन्त्र गरेको आरोप प्रसाईको छ ।

यद्दपी, गिरीले भने प्रधानमन्त्री र मन्त्रीसहितले दबाब दिएको तथा प्रसाई समूहले आफूमाथि ज्यान मार्ने धम्कीसम्म दिएको आरोप लगाएका थिए । उनले कानूनी आधारमा सम्बन्धन पाउन नहुने बताउँदै आफूले हस्ताक्षर नगर्ने बताएका थिए ।

पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक प्रसाईले सबै प्रक्रिया पूरा गरेर त्यसअनुसार प्रक्रिया अघि बढाएको दाबी गर्दै प्रक्रिया पुर्याएर सम्बन्धन दिनुपर्ने बताएका छन् । उनले प्रधानमन्त्री समेत रहेका चिकित्सा शिक्षा आयोगका अध्यक्ष केपी शर्मा ओलीलाई सम्बन्धनका लागि पत्र पठाएको बताउँदै विदेशबाट संचालित अभियन्ताहरुले षड्यन्त्र गरिरहेको आरोप लगाए ।

‘देशमा उच्च शिक्षा पढ्न नपाउने भन्ने हुन्छ, १२ पढ्यो कि विदेश पढ्न लखेट्ने नेपालमै कलेज खोल्दा सम्बन्धन नदिने ?’ उनले भने, ‘विदेशमा मजदुर भएर जानुभन्दा डाक्टर नर्स भएर जानु राम्रो होला त्यसैले सरकारले कान, आँखा र हृदय खोलेर यसमा सीघ्र निर्णय गरोस् ।