काठमाडौँ – चीनबाट १० लाख डोज खोप आउने भएको छ ।


ADVERTISEMENT


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार चिनियाँ खोप निर्माता कम्पनी साईनोफार्मसँग ४० लाख डोज खोप खरिदको सम्झौता भएको हो ।


ADVERTISEMENT

# # #


जसमध्ये १० लाख डोज खोप असार २४ गते आइपुग्ने भएको छ । त्यसपछि प्रत्येक हप्ता यही दरमा खोप आउने मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।

पहिलो चरणमा भेरोसेल खोप ७ जुलाई (असार २४ गते) मा आउन लागेकोमा १५ जुलाईमा दोस्रो र २३ जुलाईमा तेस्रो चरणको खोप आउने तालीका रहेको छ ।

खोप कतिमा खरिद गरिएको हो भन्ने भने खुलाइएको छैन । खोप ‘नन डिस्कलोजेबल एग्रिमेन्ट (एनडीए) अनुसार सम्झौता भएको दाबी मन्त्रालयका प्रवक्ता पौडेलले बताए ।

हालसम्म २५ लाख ७४ हजारलाई खोपको पहिलो मात्रा लगाइएकोमा दोस्रो मात्रासम्म ७ लाख ५७ हजार जनालाई मात्रै खोप दिइएको छ ।