काठमाण्डौं-  इंग्ल्यान्डले आक्रमक फुटबलको उदाहरण पस्कदै फिफा यू—१७ विश्वकप फुटबलमा पहिलोपल्ट च्याम्पियन भएको छ । साल्ट लेक स्टेडियममा शनिबार दुई गोलले पछाडि परेको स्थिति उल्टाएर युरोपेली च्याम्पियन स्पेनविरुद्ध ५—२ को जित हासिल गर्दै इंग्ल्यान्डले ऐतिहिसिक उपाधि जितेको हो । स्पेनी टिमले सुरुआती आधा घन्टामै दुई गोलको अग्रता लिएको थियो । बार्सिलोनाको चर्चित् एकेडेमी ला मसियामा हुर्किएका सर्जियो गोमेजले अफसाइड ट्रयाप बिट गर्दै १० औं मिनेटमै गोलको खाता खोल्दै स्पेनलाई अघि बढाएका थिए । उनले पेनाल्टी क्षेत्रबाट बायाा खुट्टाले सशक्त रुपमा प्रहार गरेको बलले ३० औं मिनेटमा लोभलाग्दो रुपमा जाली चुमेको थियो । यसवीच उनले गोलकिपरसागको वान भर्सेस वानको स्थितिमा बललाई पोष्टको दिशा नसक्दा स्पेनले उपाधि होडमा सुरक्षित बन्ने अवसर गुमाएको थियो ।


ADVERTISEMENT


अग्रता स्पेनले लिएपनि इंग्ल्यान्डले आक्रमक खेल प्रदर्शन गरिरहेको थियो । स्टिभन सेसेग्ननको क्रसमा रिहान ब्रेस्टरले हेडर गोल गर्दै ४४ औं मिनेटमा इंग्ल्यान्डलाई खेलमा फर्काएका थिए । प्रतियोगिताकै सर्बाधिक आठ गोल गरेका उनले गोल्डेन बुट हात पारे । त्यसअघि हड्सन ओडोईको प्रहारमा बल गोलपोष्ट चुम्दै फर्केको थियो । दोस्रो हाफमा मोर्गन गिब्स ह्वाइटले ५८ औं मिनेटमा ओडोईको क्रसमा वान टचमार्फत् गोल गर्दै खेल २—२ मा पुऱ्याएका थिए ।


ADVERTISEMENT

# # #


बराबरीपछि इंग्ल्यान्डले श्रृंखलाबद्ध आक्रमण गऱ्यो । प्रभावशाली विंगर फिल फोडेनले ६९ औं मिनेटमा उत्कृष्ट फिनिसिङ गर्दै इंग्ल्यान्डलाई ३—२ को अग्रता दिलाए । पेनाल्टी क्षेत्रभित्र स्पेनले क्लियर गर्न नसकेको बललाई पोष्टको दिशा दिदै मार्क गुइहीले इंग्ल्यान्डको अग्रता ४—२ बनाएका थिए । म्यानचेस्टर सिटीका फोडेनले ८८ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै इंग्ल्यान्डको ऐतिहासिक उपाधि निश्चित गरे । उनले प्रतियोगिताकै सर्बोत्कृष्ट खेलाडीको रुपमा गोल्डेन बल हात पारे ।

इंग्ल्यान्डले क्रोएसियामा मे महिनामा भएको युरोपियन यू १७ च्याम्पियनसिपको फाइनलमा स्पेनमा बेहोरेको हारको बदला पनि कोलकातामा लियो । महादेसीय उपाधि होडमा इंग्ल्यान्डले दुईपल्ट अग्रता लिएपनि टाइब्रेकरमार्फत् स्पेनले उपाधि कब्जा गरेको थियो । स्पेनी प्रशिक्षक सान्टियागो डेनियाले अहिले इंग्लिस टिममा धेरै सुधार भएको फाइनलअघि बताएका थिए र स्टिभ कुपरको टिमले त्यसलाई सावित गर्दै उपाधि नै जित्यो ।

सुरुका तीन संस्करण यू १६ को रुपमा रहेको यस विश्वकपमा इंग्ल्यान्डको लागि यसअघि २००७ मा क्वाटरफाइनल पुग्नु नै सबभन्दा उत्कृष्ट नतिजा थियो । उसले चिलीमा दुई वर्षअघि भएको विश्वकपमा समूह चरणको यात्रा मात्र तय गरेको थियो ।

इंग्ल्यान्डको लागि उमेर समूहमा यो दोस्रो उपाधि हो । उसले पााच महिनाअघिमात्र दक्षिण कोरियामा भएको यू २० विश्वकपको फाइनलमा भेनेजुएलालाई हराएर पहिलोपल्ट उमेर समूहको विश्व स्तरीय उपाधि हात पारेको थियो ।

स्पेन भने चौथोपल्ट यू १७ विश्वकपको फाइनलमा पराजित भयो । यसअघि उसलाई सन् १९९१ म घाना, २००३ मा ब्राजिल २००७ मा नाइजेरियाले फाइनलमा हराएको थियो । – आजको कान्तिपुरबाट