काठमाडौँ – आइएमएस ग्रुपको स्वामित्वमा रहेको अनलाइन मेगास्टोर स्मार्टडोकोले ‘स्मार्टडोको मनसुन अफर’ ल्याउने भएको छ ।


ADVERTISEMENT


यो अफर अन्तर्गत ग्राहकहरुले हरेक दिन एउटा सामसुङ घडी जित्ने मौका पाउनेछन्, यसका लागि १५ सयभन्दा बढीको सामान खरिद गर्नुपर्ने हुने कम्पनीको भनाई छ । कम्पनीले हिमालयन बैंकका प्रि–पेड र क्रेडिट कार्ड प्रयोगकर्ताका लागि १५ प्रतिशत क्यास ब्याकको (रु ५०० सम्म) अफर समेत ल्याएको छ ।


ADVERTISEMENT

# # #


स्मार्टडोकोले मनसुन र समरका सामग्रीहरु तथा इलेक्ट्रिोनिक्स, बेबी प्रडक्ट, किचनवेयर र अन्य कैयौं सामानमा ७३ प्रतिशतसम्म छुट अफर ल्याएको छ । स्मार्टडोकोले सासमुङ, भिडियोकोन, हाइसेन्स, डा. ब्राउन, क्रेन, बीबीलुभ, सीजीजस्ता ब्राण्डहरुमा आकर्षक अफर समेत ल्याएको छ । ग्राहकले विभिन्न प्रकारको क्याटेगोरी र सब–क्याटेगोरीमा १० हजार भन्दा बढी प्रडक्टहरु खरिद गर्न सक्नेछन् ।

जहाँ ग्राहकले सजिलैसँग बेबी केयर इलेक्ट्रिोनिक्स फूड र ग्रोसरी, कोभिड अत्यावश्यक सामग्री, स्वास्थ्य र सुन्दरता, होम एण्ड लिभिङ र अन्य प्रडक्टहरु सजिलै किन्न सक्नेछन् ।

स्मार्टडोकोका ग्राहकले शीघ्र र निःशुल्क डेलिभरी चक्रपथभित्र (न्यूनतम २५० रुपैयाँको खरिदमा) र चक्रपथबाहिर र काठमाडौं उपत्यकाबाहिर न्यून डेलिभरी शुल्कमा सामान प्राप्त गर्न सक्नेछन् ।

यो अफर असार २२ गते देखि असार २६ गतेसम्म मान्य हुने कम्पनीले जनाएको छ ।