काठमाडौँ – घाटा थेग्नै नसक्ने अवस्थामा पुगेको भन्दै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पछिल्ला दिनहरुमा अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर बढिरहेकाले प्राप्त खरिद मूल्यको आधारमा मूल्य समायोजन गरिएको आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले बताए ।


ADVERTISEMENT


निगमले बुधवारदेखि लागू हुने गरी इन्धनको मूल्य प्रतिलिटर २ रूपैयाँ बढाइएको छ ।


ADVERTISEMENT

# # #


मंगलबार राति १२ बजेदेखि लागु हुने नयाँ मूल्यसुचीअनुसार पेट्रोल प्रतिलिटर १ सय २९ रूपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य १ सय १२ रूपैयाँ निर्धारण गरिएको छ ।

यसैगरी निगमले ग्यासको मूल्य पनि २५ रूपैयाँले बढाएको बढाएको छ । अब ग्यास प्रति सिलिन्डर १४ सय २५ रूपैयाँ पर्नेछ ।