काठमाडौँ – अर्जेन्टिना कोपा अमेरिकी कपको फाइनलमा पुगेको छ । बुधवार बिहानाको खेलमा कोलम्बियालाई २ का विरुद्ध ३ गोलले हराउँदै अर्जेन्टिना फाइनलमा पुगेको हो ।


ADVERTISEMENT


निर्धारित समयमा १–१ गोलको बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको हो । जसमा अर्जेन्टिनाका गोलकिपर इमिलियानो मार्टिनेजले ३ पेनाल्टी रोकेर फाइनलमा प्रवेश गराएका हुन् ।


ADVERTISEMENT

# # #


अब उपाधिका लागि अर्जेन्टिनाले ब्राजिलसँग प्रतिस्पर्धा गर्नेछ ।