• प्रदेश १
  • मधेश प्रदेश
  • बाग्मती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम
  • प्रिति-युनिकोड

Himalaya Post
  • गृहपृष्ठ
  • राजनीति
  • अर्थ/बैंकिङ
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरन्जन
  • विश्व
  • | English Edition |

Select Page




रोकिएन बालश्रम

Jul 11, 2021 |

रोकिएन बालश्रम

192
SHARES
ShareTweet

नेपालगञ्ज– नेपालगञ्ज शहरका प्रायः सबैजसो उद्योग, व्यापार र व्यवसायमा कामदारका रुपमा बालश्रमिक राखिएको सहजै देख्न सकिन्छ । जिल्लालाई बालश्रमिकमुक्त जिल्लाको पहिचान दिइएको छ ।


ADVERTISEMENT


झण्डै १४ वर्ष वर्षअघि (सन् २००७ नोभेम्बर २० मा) तत्कालीन बाँके जिल्ला बालकल्याण समिति र बालबालिकाको क्षेत्रमा कार्यरत विभिन्न संस्थाले यस जिल्लालाई ‘बालश्रमिकमूक्त जिल्ला’ घोषणा गरे । घोषणा गर्दा नै यसमाथि प्रश्न उठाइएको थियो । त्यस बखत पनि बाँकेमा बालश्रम उन्मूलन नै भइसकेको थियो । गैरसरकारी संस्थाको घोषणा गर्नुपर्ने कार्यक्रम बमोजिम जिल्ला बालकल्याण समितिलाई फकाएर त्यसो गरिएको त्यति बेलै सुनिएको थियो ।


ADVERTISEMENT

# # #


तथ्याङ्क अनुसार, नेपालगञ्जमा मात्रै अहिले झण्डै दुई हजार बढी बालश्रमिक विभिन्न उद्योग, व्यापार, व्यवसायमा कार्यरत छन् । राज्यको पुर्नःसंरचनापछि बालश्रमिकको तथ्याङ्क अद्यावधिक गर्ने जिम्मेवारी स्थानीय तहको काँधमा छ । कूल आठ स्थानीय तह रहेको बाँके जिल्लामा हाल नौ वर्षमुनिका पाँच, १० देखि १४ वर्षका ६० र १४ देखि १७ वर्षका ४० प्रतिशतभन्दा बढी बालबालिका बालश्रमिकका रुपमा कार्यरत रहेको पुरानो तथ्याङ्कमा उल्लेख छ ।

कानूनतः १४ वर्ष उमेरका बालबालिकालाई कुनै पनि बहानामा श्रममा लगाउन पाइदैन, तर यहाका प्रायःजसो व्यवसाय सञ्चालन गरिने प्रतिष्ठानमा सोही उमेरका बालबालिकालाई पनि श्रममा लगाएको सहजै देख्न सकिन्छ । ‘अनुगमन र नियमन गर्ने निकाय पनि यस सम्बन्धमा तै चुप, मै चुप भएर बसेका छन् ।

‘श्रम कार्यालय, स्थानीय प्रशासन र सरोकारवालाले कहिले पनि बालश्रम राख्ने उद्योग, व्यापार र व्यवसायिक प्रतिष्ठानमा अनुगमन र नियमन गरेको सूचना बाहिर ल्याउने गरेका छैनन्’—अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश ५ का प्रमुख भोला महतको अनुभव छ ।

बाँकेलाई बालश्रममुक्त गर्ने अभियानमा अहिले फेरि पनि स्थानीय प्रशासन, नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, गाउँपालिका, युनिसेफ, सेभ द चिल्ड्रेन, बाँके युनेस्को क्लब, बागेश्वरी असल शासन क्लब (बास) लगायतका सरकारी तथा गैरसरकारी निकाय क्रियाशील रहेपनि विगतमा गरिएको हतारपूर्ण निर्णयले फेरि पनि नतिजा सोचे जस्तो आउला भनेर ठोकुवा गर्ने अवस्था नभएको महतको भनाइ छ । रासस

#




#
#

#







#




#

#


Share:

Rate:

Previousएनआरएनए जापानका अध्यक्षमा पौडेलको उम्मेद्वारी घोषणा
Nextमाओवादी केन्द्र वैधानिक छ, कारबाही गर्न आवश्यक छैन : निर्वाचन आयोग

ताजा खबर

  • जुम्लाको राक्से पाटनमा १३ भेडा पुरिए
  • पारदर्शी र खुला प्रक्रियाद्वारा जहाज थप्ने प्रक्रिया अघि बढेको छ : मन्त्री पाण्डे
  • प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ : प्रधानमन्त्री ओली
  • युवालाई उद्यमी बनाउन ‘स्टार्टअप’ कार्यक्रम लागू गरिने
  • ‘कुलिङ पिरियड’सम्बन्धी व्यवस्थामा छेडखानी गरेर विश्वासघात भयो : काँग्रेस

#
#
#
#
#
#
#
#
#
#
#
#
#

#

#
#
#

#
#

हिमालय पोष्ट

प्रकाशक –

लजिक मिडिया प्रा.लि.

ठेगाना – काठमाण्डौ – ४ , बालुवाटार
फोन नं. – +977-1-5705523
www.himalayapost.com

सूचना विभाग दर्ता प्रमाणपत्र नं. १७२ / ०७३ – ७४

ईमेल –
[email protected], [email protected], [email protected]

लजिक मिडियाद्वारा सञ्चालित हिमालय पोष्ट अनलाईन न्यूज पोर्टलका लागि :

अध्यक्ष / प्रधान सम्पादक – लोमस चापागाई

प्रबन्ध निर्देशक / सम्पादक – मिलन भण्डारी

डेस्क सम्पादक – रामचन्द्र पाण्डे

लेखकहरु –
डा. सुरेन्द्र झा
यादबकुमार भट्टराई
गोबिन्द ज्ञवाली
कुसुम भट्टराई


हाम्रो बारे – सम्पूर्ण टिम

© Logic Media Pvt. Ltd. 2017-2025 | All Rights Reserved