काठमाडौँ – निर्वाचन आयोगले नेकपा (माओवादी केन्द्र) वैधानिक रहेको बताएको छ ।


ADVERTISEMENT


आइतबार बसेको आयोगको बैठकले संवैधानिक र कानुनी शर्त पूरा गरी दर्ता कायम रहेको नेकपा माओवादी केन्द्रको वैधानिकतामा प्रश्न उठाउन नमिल्ने भनी निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #


माओवादी केन्द्र छाडेर एमालेतिर लागेका रामबहादुर थापा, लेखराज भट्ट, मणि थापा, टोपबहादुर रायमाझी र प्रभु साहलगायता नेताहरुले माओवादी केन्द्र अवैधानिक दाबी रहेको भन्दै दल दर्ता खारेजी गर्न माग गर्दै आयोगमा निवेदन दिएका थिए । तर, माओवादी केन्द्र वैधानिक रहेकाले उक्त निवेदनमाथि कारबाही गरिरहन आवश्यक नरहेको ठहर गरेको हो ।

आयोगले भनेको छ, ‘नेकपा (मा‌‌ओवादी केन्द्र) अवैधानकि छ भनेर निवेदन परेको सम्बन्धमा नेपालको संविधान, निर्वाचनसम्बन्धी ऐन, नियमावली र कानुनका सर्तअनुसार आयोगमा दर्ता भइ निरन्तर रुपमा सञ्चालनमा रहेको आधिकारिक रुपमा देखिएकोले त्यो दल अवैधानिक छ भनी दिएको निवेदनउपर कुनै कारबाही गरिरहनु नपर्ने निर्णय गरेका छौं ।’