काठमाडौँ -इंग्ल्याण्डलाई टाइब्रेकरमा हराउँदै इटालीले युरोपियन युनियन च्याम्पियनशिपको उपाधि जितेको छ । निर्धारित ९० मिनेटको समयमा १-१ बराबरी खेलेपछि थपिएको अतिरिक्त ३० मिनेटको खेलमा पनि खेल बराबरीमा रोकिएको थियो । त्यसपछि टाइब्रेकरमार्फत खेलको निर्णय गरिएकोमा इटालीले लन्डनस्थित वेम्बली रंगशालामा इङ्ल्यान्डलाई २ का विरुद्ध ३ गोलले पराजित गरेको हो

खेल शुरु भएको पहिलो २ मिनेटमै इंग्ल्याण्डलाई लुक श ले गोल गर्दै अग्रता दिलाएकोमा ६७ औँ मिनेटमा इटालीका खेलाडी लियोनार्दो बोनुचीले बराबरी गोल फर्काएका थिए ।


ADVERTISEMENT


सुटआउटमा इटलीका लागि डोमेनिको बेरार्डी, लियोनार्दो बोनुची र फेडेरिको बर्नाडेसी गोल गरे र इंग्ल्याण्डका ह्यारी केन र ह्यारी मग्वायरले गोल गरेका थिए ।


ADVERTISEMENT

# # #


इंग्ल्याण्डका लागि अन्तिम पेनाल्टी प्रहार गरेका साकाले गोल गर्न नसकेपछि इटलीले उपाधि उचालेको थियो ।

इटालीले यसअघि १९६८ मा युरोपियन च्याम्पियनसिपको उपाधि जितेकोमा ५३ वर्षपछि दोस्रोपटक उपाधि हात पारेको हो ।