काठमाडौँ– एएफसी यू–१९ च्याम्पियनसिप छनोटको लागि नेपाली युथ फुटबल टोली किर्गिस्तानतर्फ प्रस्थान गरेको छ । अर्पण कार्कीको कप्तानीमा रहेको नेपाली टोली आइतबार किर्गिस्तान प्रस्थान गरेको हो ।


ADVERTISEMENT


भुटानमा गत महिना सम्पन्न साफ यू–१८ फुटबल च्याम्पियनसिपको उपाधि जित्ने टोलीका अधिकांश सदस्यहरु रहेको नेपाली टोली छनोटमा फाइनल चरण पुग्ने लक्ष्यसहित किर्गिस्तान गएको छ । किर्गिस्तान जानुअघि नेपाली टोलीका कप्तान अर्पण कार्कीले साफपछि टोलीको तयारी राम्रो भएकोले च्याम्पियनसिपमा छनोट भएर आउने लक्ष्य लिएको बताए । कप्तान कार्कीले भने, “टिमको तयारी राम्रो छ, हाम्रो लक्ष्य छनोट हुने हो तर त्यहाँ हामी सबैले शतप्रतिशत खेल्नुपर्छ ।”


ADVERTISEMENT

# # #


छनोटको नेपाल कठिन मानिएको समूह ‘समूह ए’ मा रहेको छ । नेपालको समूहमा किर्गिस्तान, ओमान, युएई र बहराइन रहेका छन् । तर, गत असोजमा भारतलाई पराजित गर्दै साफ यू–१८ फुटबल च्याम्पियनसिपको उपाधिले टोलीको मनोबल उच्च बनाएकोले छनोटमा खासै कठिन भने नहुने कप्तान कार्कीले बताए ।