काठमाडौँ– नेपाली कांग्रेसका युवा नेता गगन थापाले अंवैधानिक प्रतिनिधिसभा विघटन बदर गरेर सर्वाेच्चले संविधानको रक्षा गरेको बताएका छन् ।


ADVERTISEMENT


आज प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलासले गरेको प्रतिनिधिसभा विघटन बदरकोे विषयमा ट्विट गर्दै नेता थापाले उक्त निर्णयबाट सर्वाेच्चले संविधानको रक्षा गरेको जनाएका हुन् ।


ADVERTISEMENT

# # #


यसका साथै उनले अदालतको आदेश मन परेन भने असहमत हुन पाइने तर, अस्वीकार नगरिने जनाउँदै अघि भनेका छन्, ‘उत्तेजना,दम्भ र अहंकार बोकेर फैसला कार्यान्वयनमा बाधा पुर्‍याउने मूर्खता कतैबाट नहोस् भन्ने आशा गरौं । नत्र भिरबाट खस्नेलाई रामराम ।’