काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले संसद विघटनलाई बदर गर्ने सर्वोच्चको फैसलाई ‘गोरु ब्याएको’ संज्ञा दिएका छन् ।


ADVERTISEMENT


सोमबार सामाजिक सञ्जाल ट्वीटरमा प्रतिक्रिया दिँदै अध्या थापाले सर्वोच्चको फैसला राजनतिक फैसला रहेको र कार्यान्वयन गर्न कठिन हुने बताएका हुन् । उनले लेखेका छन्, ‘वरिष्ठ राजनितिज्ञ स्व. राजेश्वर देवकोटाको शब्द सापटी लिएँ, ‘सर्वोच्च अदालतमा आज गोरू ब्यायो’ राजनीतिक फैसला, कार्यान्वनमा जटिलता, देश अस्थिरतामा फस्ने खतरा ।”


ADVERTISEMENT

# # #


सोमबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलासले कांग्रेस सभापति शेरबहादुर देउवालाई २८ घण्टाभित्र प्रधानमन्त्री नियुक्त गर्न समेत परमादेश जारी गरेको छ ।

गत जेठ ७ गते मध्यरातमा प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रिपति विद्यादेवी भण्डारीले दोस्रो पटक प्रतिनिधिसभा विघटन गर्दै कात्तिक २६ र मङ्सिर ३ गते मध्यावधि निर्वाचनको घोषणा गरेकी थिइन् ।

सम्बन्धित समाचार
– सर्वोच्च अदालतद्वारा प्रतिनिधिसभा विघटन बदर
– सर्वोच्चद्वारा देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश
– सर्वोच्चद्वारा ७ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन आदेश
– सर्वोच्चले भन्यो : धारा ७६ (५)मा दलको ह्वीप लाग्दैन