काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले जेष्ठ ८ गते गरेको दोस्रो पटकको प्रतिनिधि सभा विघटनलाई बदर गर्दै सर्वाेच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन जारी गरेको परमादेशप्रति पक्ष एवम् विपक्षमा विभिन्न मतहरु आउन थालिसकेका छन् ।


ADVERTISEMENT


यसैबीच कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले भने सर्वोच्च अदालतले संविधानको रक्षा गरेको बताउँदै प्रधानमन्त्री बन्न लागेका सभापति देउवालाई बधाई दिएका छन् ।


ADVERTISEMENT

# # #


उनले संसदलाई दुर्घटनामा लैजाने प्रयास असफल भएसंगै आफुहरुको संविधान रक्षा गर्ने हाम्रो अभियान सफल भएको बताउँदै भनेका छन्, ‘यसका निम्ति सर्वोच्चका न्यायमुर्तिलाई धन्यवाद र मेरा मित्र पार्टी सभापति शेरबहादुर देउवालाई हार्दिक बधाई !’