काठमाडौँ– राष्ट्रियसभामा ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको दोस्रोे वार्षिक प्रतिवेदन, २०७६/०७७’ पेश भएको छ ।


ADVERTISEMENT


प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले प्रतिवेदन पेश गरेका हुन् ।


ADVERTISEMENT

# # #


यस्तै विधायन व्यवस्थापन समितिका सभापति पर्शुराम मेघी गुरुङका तर्फबाट सदस्य देवेन्द्र दाहालले ‘योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७६ सम्बन्धी समितिको प्रतिवेदन’ पनि सभासमक्ष पेश गरेका छन् । राष्ट्रियसभाको अर्को बैठक यही असार २९ अपराह्न ३ बजे बस्नेछ । रासस