काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नियुक्त गरेकी छन् ।


ADVERTISEMENT


सर्वोच्च अदालतले सोमबार संसद विघटनलाई बदर गर्दै २८ घण्टाभित्र प्रधानमन्त्रीमा देउवालाई नियुक्त गर्न आदेश दिएसँगै राष्ट्रपति भण्डारीले उक्त आदेश कार्यान्वन गरेकी हुन् । प्रधानमन्त्रीको नियुक्तिसँगै राष्ट्रपतिको कार्यालयले साँझ ६ बजेका लागि शपथको तयारी थालेको छ ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री केपी शर्माओलीले आजै दिउँसो २ बजे देशवासीका नाममा सम्बोधन गर्दैछन् । सम्भवत: उनले सम्बोधनमार्फत नै पदबाट राजीनामा दिनेछन् । प्रधानमन्त्री ओलीले दुई पटक संसद विघटन गर्ने प्रयास गर्दा दुबै पटक सर्वोच्चले उनको निर्णयलाई बदर गरिदिएको छ ।