काठमाडौँ – प्रधानमन्त्री केपी शर्माओलीले आफू जनताको जनादेश नभई सर्वोच्चको परमादेशका कारण सरकारबाट बाहिरिनु परेको बताएका छन् ।


ADVERTISEMENT


मंगलबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारबाट बाहिरिनु पर्दा आफूलाई रत्तिभर चिन्ता नभएको बताए । जनताको विश्वासबाट नै पहिलो पटक प्रधानमन्त्रीबाट बाहिरएको साढे एक वर्षपछि पुनः जिम्मेवारी सम्हाल्ने अवसर पाए पनि सर्वोच्च अदालतको परमादेशका कारण बाहिरिनु परेको बताए ।


ADVERTISEMENT

# # #


उनले भने, ‘आज फेरि जनताको जनादेशले होइन, सर्वोच्चको परमादेशले, जनादेश मेरो पक्षमा थियो, परमादेश देउवाको पक्षमा भयो । सर्वोच्चको परमादेशका कारण मैँले सरकारको जिम्मेवारीबाट बिदा लिँदैछु । सरकारबाट बाहिरिनु परेको विषयमा मलाई रत्तिभर चिन्ता छैन ।’

देश र जनताप्रति सम्पूर्ण निष्ठा र इमान्दारिताका साथ विकास, सुशासन र समृद्धिलाई ध्यानमा राखेर इमानका साथ काम गरेको उनले बताए । आफूलाई जनताले प्रधानमन्त्रीबाट नहटाएको बताउँदै उनले अघि भने, ‘कुनै दिन जनताको बीचमा जाने दिन आओस् । त्यतिबेला यी कुराको फैसला जनताले गर्नेछन् ।’