काठमाडौँ – सिँचाइमन्त्री सञ्जय गौतमले आगामी संसदीय निर्वाचन तोकिएको समयभित्र सम्पन्न गर्न सरकार कटिबद्ध रहेको बताएका छन् ।


ADVERTISEMENT


रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा मन्त्री गौतमले थपे, “सरकार निर्वाचन सार्ने मनस्थितिमा छैन र निर्वाचन सार्ने कल्पना पनि गर्न सकिँदैन ।”


ADVERTISEMENT

# # #


अदालतको कार्यक्षेत्रमा सरकारले हस्तक्षेप नगर्ने बताउँदै उनले भने – “मतपत्रको विवादलाई लिएर निर्वाचन आयोगले निर्वाचन गर्न भ्याउँदैन भनेको छैन ।”

नेकपा ९एमाले०का नेता सोमप्रसाद पाण्डेले आगामी निर्वाचनमा एमालेले दुई तिहाइ मत ल्याई जनताको चाहनाअनुसार समृद्ध मुुलुक बनाउने बताए । जनता अग्रगमन र संमृद्धिको पक्षमा रहेको र वाम गठबन्धन त्यसैको द्योतक भएको उनको भनाइ थियो ।

राजपाका महासचिव मनिष सुमनले काँग्रेससँगको तालमेल निर्वाचनसम्म मात्र भएको बताउँदै नेपाली काँग्रेसको कारण गठबन्धन बन्न नसकिरहेको खुलासा गरे । काँग्रेससँग आफूहरुले ५५ सिट मागेको र राजपा तथा संघीय समाजवादी फोरम नेपालले साझा उम्मेदवारी दिने निर्णय गरिसकेको उनले बताए ।

संविधान संशोधनको मुद्दा जिउँदै रहेको पनि उनले दोहोर्याए ।