काठमाडौँ– निर्वाचन आयोगले प्रदेश र प्रतिनिधीसभाको प्रत्यक्षतर्फको मतपत्र छुट्टाछुट्टै बनाउने निर्णय गरेको छ ।


ADVERTISEMENT


सर्वोच्च अदालतले दुई वटा मतपत्र किन नछाप्ने भनि आयोगलाई जवाफ माग गरेपछि निर्वाचन आयोग पछि हटेको हो ।आयोगका प्रमुख अयोधिप्रसाद यादवले कानुनविदसँगको छलफलपछि मतपत्र दुईवटा छाप्ने निर्णय गरेका हुन् । अदालतको मर्म र भावनालाई बुझेर मतपत्र दुईवटा छाप्ने निर्णय गरेको प्रवक्ता नवराज ढकालले जानकारी दिए ।


ADVERTISEMENT

# # #


अदालतले मागेको जवाफ भोली पठाउने तयारी आयोगको रहेको ढकालले बताए । दुईवटा मतपत्र छापेर समयमै चुनाव गराउन आयोग सक्षम रहेको प्रवक्ता ढकालले बताए ।

यसअघि एउटै मतपत्रको माथिल्लो भागमा प्रतिनिधि सभा र तल्लो भागमा प्रदेश सभाको मतपत्र छाप्ने तयारी गरेको थियो । प्रदेश र प्रतिनिधि सभाको निर्वाचन आगामी मंसिर १० र २१ गते हुँदैछ ।

यसअघि प्रतिनिधिसभा र प्रदेशको प्रत्यक्षतर्फ एउटै सिटमा दुई मतपत्र तथा समानुपातिकको अर्को सिटमा दुई तहका लागि मतपत्र डिजाइन गरिएको थियो। एउटै सिटमा हुन नहुने भन्दै राजपाका नेता सर्वेन्द्रनाथ शुक्लले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

उनको रिटमा अन्तरिम आदेश नदिएको अदालतले समानुपातिकको मतपत्र एउटैमा भएपनि प्रत्यक्षका लागि पुनर्विचार गर्ने आशयको फैसला गरेको थियो। तर, नेता शुक्लले अदालतको निर्णयको अपहेलना भएको भन्दै अपहेलना मुद्दा दायर गरेका थिए । उक्त मुद्दामामा अदालतले आयोगको जवाफ मागेको थियो। सो फैसलाको जवाफ तयार पार्दै आयोगले दुई मतपत्र छाप्न तयार रहेको जनाएको हो।