काठमाडौँ – आसन्न टोकियो ओलम्पिकका लागि नेपालबाट पाँच खेलाडीसहित २६ जनाको टिम सहभागी हुने भएको छ ।


ADVERTISEMENT


नेपाल ओलम्पिक कमिटीले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै टोकियो ओलम्पिकका लागि नेपालबाट खेलाडीसहित प्रशिक्षक, म्यानेजर, चिकित्सक र अरु अफिसियल गरेर करिव २६ जना सहभागी हुने जनाएको हो । टोकियो ओलम्पिकमा चार खेलका पाँच खेलाडीले खेल्नेछन । जसमा पौडी, जुडो, सुटिङ, एथ्लेटिक्स रहेका छन ।


ADVERTISEMENT

# # #


पौडीमा दुई खेलाडीले प्रतिस्पर्धा गर्दा बाँकी तीन खेलमा एक एक खेलाडीले खेल्नेछन । नेपालबाट जाने टिममा चार खेलका चार प्रशिक्षक, चार म्यानेजर, सेभ दी मिसन एक, एटाचीमा एक, नेपाली टिमको प्रशासन र कोभिड नियम हेर्ने एक जना टिममा जाने भएको छ । यस्तै टिमको डाक्टरमा एक जना रहेका छन । ओलम्पिकका लागि पौडीको टिम जापान गइसकेको छ । उनीहरु त्यहाँ नै प्रशिक्षण गर्ने भनेर गइसकेका छन ।

बाँकी नेपालबाट टिम जुलाईको १९ तारिखसम्म जाने तयारी भइरहेको छ । कोभिडका कारण यसपटक खेलाडीलाई भिलेज र खेल स्थल भन्दा बाहिर जान नपाउने नियम बनाएको छ भने टोकियो जानु भन्दा अगाडी दुई पटकको पीसीआर रिपोर्ट नेगेटिभ भएको हुनुपर्ने र त्यहाँ पुगेपछि चार दिनको क्वारेन्टिन बस्नुपर्ने कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले बताए । टोकियो ओलम्पिकको उद्घाटन समारोहमा नेपालको घण्डा गौरीका सिंहले बोक्ने उनले जानकारी दिए ।

ओलम्पिकको कुनैपनि खेलका खेलाडी आफ्नो प्रतिस्पर्धा सकिए लगत्तै फर्किनुपर्ने भनिएको छ । यसपटकको ओलम्पिकमा विशिष्ट पदाधिकारीको सहभागितामा कटौती गरेको छ । जुलाई २३ बाट अगष्ट ८ तारिखसम्म हुने ओलम्पिकमा १५ हजार भन्दा बढि खेलाडीको सहभागिता हुनेछ ।