काठमाडौँ – नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०८ औं जन्मजयन्ती मंगलबार मनाइएको छ ।


ADVERTISEMENT


भानु जयन्तीका अवसरमा काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा रहेको भानुभक्तको प्रतिमामा माल्यार्पण गरिएको थियो । त्यस्तै भानुभक्त जयन्तीका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानले आदिकविको व्यक्तित्व र कृतित्व प्रवचन तथा रचना वाचन कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा प्रतिष्ठानमा २५ बर्ष सेवा अवधि पुरा गरेका कर्मचारीहरुलाई पदक तथा प्रमाण पत्र वितरण गरिएको थियो ।


ADVERTISEMENT

# # #


सरल नेपाली भाषामा लेखिएको ‘रामायण’ का कारण भानुभक्तको नेपाली साहित्यमा योगदान छ । विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घामा जन्मिएका भानुभक्तलाई घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ति उपदेश दिएकाले रामायणलाई नेपालीमा रचना गर्न प्रेरित भएको मानिन्छ ।

‘बधुशिक्षा’ उनको अर्को कृति हो । यसैगरी ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’, फुटकर रचनालगायत कृति छन् । राष्ट्रिय पहिचान, एकता र नेपाली सांस्कृतिक चेतना जगाउन भानुभक्तको योगदान रहेको छ । भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किम, भूटान, बर्मालगायत नेपाली भाषाभाषी धेरै रहेका ठाउँमा पनि मनाइन्छ । भानुभक्तको विसं १९२५ असोजमा निधन भएको थियो ।