काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर प्रधानमन्त्री देउवालाई देउवा सरकारका चार जना मन्त्रीले पद तथा गोपनियताको सपथ लिएका छन् । मंगलबार राष्ट्रिपतिको कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहकाबीच राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ खुवाएकी हुन् ।


ADVERTISEMENT


सपथ लिनेहरुमा  गृहमन्त्री बालकृष्ण खाँड, अर्थमन्त्री जनार्दश शर्मा, कानुन मन्त्री ज्ञानेन्द्र कार्की र उर्जा, सिचाईं तथा जलस्रोत मन्त्री पम्फा भुसाल रहेका छन् । खाँड र कार्की नेपाली कांग्रेसबाट मन्त्री बनेका हुन् भने शर्मा र भुसाल माओवादी केन्द्रबाट मन्त्री बन्न सफल भएका हुन् ।


ADVERTISEMENT

# # #


सपथ ग्रहण समारोहमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।