काठमाडौँ – ललिता निवास जग्गा प्रकरणमा मुद्दा चलाइएका कांग्रेसका नेता विजयकुमार गच्छदारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफूमाथि लगाइएको अभियोग प्रतिशोधपूर्ण रहेको बताएका छन् ।


ADVERTISEMENT


बुधबार विशेष अदालतले १० लाख रुपैयाँ धरौटीमा तारेखमा रिहा गरेसँगै प्रक्रिया दिँदै उनले आफूमाथि पूर्वाग्रहपूर्ण तरिकाले अभियोग लगाइएको बताएका हुन् । उनले भने, ‘तथाकथित ललितानिवास जग्गा प्रकरणबारे अख्तियारको ममाथिको त्यो अभियोग पत्र पूर्वाग्रह र पूर्णरुपले प्रतिशोधपूर्ण अधियोगपत्र हो ।’


ADVERTISEMENT

# # #


आफू न्यायमा विश्वास गर्ने र न्यायको शासनका लागि लडेको बताउँदै उनले भने, ‘विशेष अदालतमा मुद्दा दर्ता भएपछि म अदालतमा उपस्थित हुन आएको हुँ । अदालतले आज जे निर्णय गरेको छ, त्यसप्रति म सम्मान व्यक्त गर्दछु ।’

उनले चाँडै पत्रकार सम्मेलन गरेर प्रकरणबारे आफ्नो धारणा सार्वजनिक गर्ने बताए । बालुवाटारको ललिता निवास प्रकरणमा सरकारी जग्गा व्यक्तिको नाममा बनाएको अभियोगमा २०७६ माघ २२ गते विशेष अदालतमा मुद्दा दर्ता भएको हो ।

उनीसँगै एक सय ७५ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता भएको थियो । यो मुद्दाका केही व्यक्ति रिहा भइसकेका छन् भने केहीमाथि मुद्दा चलिरहेको छ ।