काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले परिवर्तित सन्दर्भमा सामाजिक रुपान्तरणका लागि स्रष्टाहरुले थप योगदान गर्नुपर्ने बताएकी छन् ।


ADVERTISEMENT


नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित पुरस्कार वितरण कार्यक्रममा राष्ट्रपति भण्डारीले समाजको प्रगतिशील रुपान्तरण र समुन्नतिका लागि स्रष्टाहरुले राष्ट्रिय भावनाको प्रवद्र्धनमा अद्धितीय योगदान गरेको उल्लेख गर्दै असल स्रष्टाहरुको सम्मानले राष्ट्रको शिर उँचो हुने विचार व्यक्त गरिन् ।


ADVERTISEMENT

# # #


उनले बहुभाषिक र बहुसांस्कृतिक इन्द्रेणीयुक्त नेपालमा राष्ट्रिय भावनालाई अभिव्यक्त गर्ने निधिका रुपमा रहेका प्रतिभाको सम्मान गरिनु उच्च चेतना, कला, साधना र अथक योगदानको सम्मान हुने भएकाले प्रज्ञा प्रतिष्ठानले यस परम्परालाई निरन्तरता दिएकोमा आभार व्यक्त गरिन्।

प्रा.डा.वीरेन्द्रप्रसाद मिश्रलाई प्रज्ञा पुरस्कार प्रदान गर्दै ।

राष्ट्रपति भण्डारीले आदिकवि भानुभक्त आचार्यको दुई सय आठौँ जन्मजयन्तीका सन्दर्भमा उनीप्रति श्रद्धासुमन व्यक्त गर्दै राष्ट्रिय महत्वपूर्ण कृतिहरुमार्फत नेपाली भाषा र साहित्यको विकास तथा राष्ट्रिय भावनाको विकासमा उनको योगदान अतुलनीय रहेको बताइन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आयाोजित राष्ट्रिय कविता महोत्सव २०७८ मा प्रथम स्थान हासिल गर्ने कविता राईलाई पुरस्कार प्रदान गर्दै ।

प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपालको अन्तर्राष्ट्रिय छवि विस्तारसँगै प्रतिष्ठानले नेपाली भाषा, साहित्य र अनुवादका क्षेत्रमा योगदान दिने अन्तर्राष्ट्रिय व्यक्तित्वलाई पनि सम्मान गर्न थालेको जानकारी दिए ।

कार्यक्रममा राष्ट्रपति भण्डारीले प्रतिष्ठानद्वारा स्थापित प्रज्ञालङ्कार पुरस्कारबाट विभिन्न स्वदेशी र विदेशी स्रष्टालाई सम्मानित गरिएको थियो । समारोहमा राष्ट्रिय कविता महोत्सव–२०७७ र २०७८ का विजयी कविहरुलाई पनि पुरस्कृत गरिएको थियो ।

नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आयाोजित राष्ट्रिय कविता महोत्सव २०७७ मा प्रथम स्थान हासिल गर्ने भैरवी भूगोललाई पुरस्कार प्रदान गर्दै ।

नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आयाोजित राष्ट्रिय कविता महोत्सव २०७८ मा तृतीय स्थान हासिल गर्ने प्रकाश सिलवाललाई पुरस्कार प्रदान गर्दै ।

रासस