काठमाडौँ – काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा थप १० दिन लम्क्याइएको छ । बिहीबार आईतबार काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुको बैठकले निषेधाज्ञा खुकुलो बनाउँदै साउन १० गतेसम्म निषेधाज्ञा जारी राख्ने निर्णय गरेको हो ।


ADVERTISEMENT


बैठकले पसल खोल्ने समय एक घण्टा लम्ब्याएको काठमाडौँका सीडीओ कालीप्रसाद पराजुलीले बताए । उनका अनुसार अब बेलुका ७ बजेसम्म पसल खोल्न पाइनेछ ।


ADVERTISEMENT

# # #


बैठकले सबै प्रकारका सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, स्वीमिङ पुल, ब्युटी पार्लर, सैलुन भने बन्द नै राख्ने निर्णय गरेको छ । कोरोना भाइरसको दोस्रो लहर तीव्र रुपमा फैलिएपछि काठमाडौँ उपत्यकामा गत वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरिँदै आइएको छ ।

हेर्नुहोस् निर्णय: