काठमाडौँ – प्रधानमन्त्री शेर बहादुर देउवाले कोरोनाका कारण उद्योगको क्षेत्रमा देखिएको समस्या समाधान गर्न सरकार तयार रहेको बताएका छन् ।


ADVERTISEMENT


बिहीबार सिंहदरबारमा नेपाल उद्योग वाणिज्य महासंघको टोलीसंग भेट गर्दै प्रधानमन्त्री देउवाले मुलुकको विकासमा निजी व्यवसायीको भूमिका महत्वपूर्ण रहेको भन्दै कोरोनाका कारण देखिएका समस्या समाधान गर्न सरकार तयार रहेको बताएका हुन् ।


ADVERTISEMENT

# # #


महासंघले ल्याएको भिजन पेपरमा पनि प्रधानमन्त्री देउवाले चासो देखाएका थिए । निजी व्यवसायीहरुको समस्या समाधानका लागि आगामी दिनमा सहकार्य गदै अघि बढ्नुपर्नेमा प्रधानमन्त्रीले जोड दिएको महासंघका अध्यक्ष शेखर गोल्छाले जानकारी दिए । गोल्छाले अहिलेको विषम परिस्थीतिमा नेपालको आपूर्ति व्यवस्थालाई सहज पार्न निजी व्यवसायीको भूमिका अपरिहार्य रहेकाले खोपको व्यवस्था गरिदिन आग्रह गरिएको बताए ।

बधाई तथा शुभकामना दिनका लागि नै आफुहरुले नवनियुक्त प्रधानमन्त्री देउवासंग भेट गरेको गोल्छाले जानकारी दिए ।