काठमाडौँ – नेकपा (एमाले)का अध्यक्ष एवम् पार्टीको संसदीय दलका नेता केपी शर्माओलीले बोलाएको बैठकमा माधव कुमार नेपाल समूह अनुपस्थित भएको छ ।


ADVERTISEMENT


शुक्रबार नयाँ बानेश्वरस्थित संसद भवनमा बोलाइएको बैठक माधव समूहले बहिष्कार गरेको हो । यसअघि माधव समूहले आजै बिहान बोलाइएको स्थायी कमिटीको बैठकबाट पनि बाहिरिएको थियो । च्यासलमा बसेको बैठकमा माधव समूह पुगेका बैठक रोक्न आग्रह गरेको थियो । तर, ओलीले बैठक रोक्न नमान्दा आफूहरु बैठकबाट बाहिरिएको एमाले उपाध्यक्ष भीम रावलले बताएका थिए ।


ADVERTISEMENT

# # #


उनले बैठकमा कार्यदलले गरेको १० बुँदे सहमति अनुसार बैठक अघि बढाउनु पर्ने, एमालेको एकतालाई खण्डित हुने दिशातर्फ नधकेल्न, पार्टी एकताका लागि बैठक स्थगित राख्न माग गरे पनि ओलीले अस्वीकार गरेपछि आफूहरु बैठकमा उपस्थित भएको प्रतिक्रिया दिएका थिए ।

आगामी साउन ३ गते बस्ने प्रतिनिधिसभाको बैठकबारे छलफल गर्नका लागि संसदीय दलको बैठक बोलाइएको हो । यही असार २८ गते सर्वोच्च अदालतले संसद् पुनःस्थापना गरेर आइतबार प्रतिनिधिसभाको बैठकले बोलाउन आदेश दिएको थियो ।