काठमाडौँ– निर्वाचन आचारसंहिता लागेको बेला प्रहरी प्रधान कार्यालयले एकैपटक ३०२ जना प्रहरी निरीक्षक इन्सपेक्टरको सरुवा गरेको छ ।


ADVERTISEMENT


प्रदेश र प्रतिनिधि सभा निर्वाचन आउन २७ दिन बाँकी रहँदा प्रहरी प्रधान कार्यालयले सरुवाको निर्णय गरेको हो । प्रहरी प्रधान कार्यालयको निर्णयमा ‘आवश्यकता अनुसार’ सरुवा गर्नुपरेको उल्लेख छ ।


ADVERTISEMENT

# # #


कात्तिक महिनादेखिको तलबभत्ता समेत हाल सरुवा भएकै दरबन्दीबाट पाउने गरी इन्सपेक्टरहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिएका छन् ।

हेर्नुस् को कहाँ सरुवा भए