चितवन– नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले अहिले भइरहेको बामपन्थी गठबन्धन केबल चुनाबका लागि मात्रै नभएको बताएका छन् ।


ADVERTISEMENT


प्रेस सेन्टर नेपाल र प्रेस चौतारी नेपाल चितवन शाखाले सोमबार संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले अहिलेको गठबन्धन बामपन्थीहरूका बीच बृहद ध्रुवीकरण गरी नेपालमा एउटै कम्यूनिस्टकेन्द्र स्थापना गर्ने उद्देश्यका साथ अगाडि बढेको बताए ।


ADVERTISEMENT

# # #


नेकपा माओवादी केन्द्र नेकपा एमालेका बीच पार्टी एकिकरण संयोजन समिति समेत निर्माण भइ काम अगाडी बढीरहेको अवस्थामा एकताप्रति कोही कसैले संका उपसंका गर्नुनहुने प्रचण्डले बताए । चितवन निर्वाचन क्षेत्र न ३ का उमेद्वार समेत रहेका प्रचण्डले निर्वाचनमा आफू बिजयी हुने विस्वास समेत व्यक्र गरे ।

आफू चितवनकै बासिन्दा रहेको भन्दै चितवनको विकास र संमृद्दीमा आफूले उल्लेख्य भूमिका खेलेको र निरन्तर खेलिरहने बताए ।  अध्यक्ष दाहालले संबिधानको कार्यान्वयन ,देशको आर्थिक, राजनितिक र सामाजिक रूपान्तरणका लागी बम गठबन्धनले निर्वाचन जित्नैपर्ने बताए । बाम गठबन्धनले उमेद्वारहरूको टुड्गो कहिले लाग्छ भन्ने पत्रकारहरूको प्रश्नमा उनले संघ र प्रदेशको उमेद्वार भोली सम्ममा टुड्गो लाग्ने बताए ।

बाँदरमुडे घटनाका बारेमा पत्रकारले सोधेका जिज्ञसाको जवाफ दिँदै प्रचण्डले सो घटना एक दुखद घटना भयको र पार्टीको तर्फबाट पिडीत र राष्ट्रसामु पटक पटक माफी मागिसकेको बताए । उनले माडीलाइ पार्टीले बिषेष महत्वकारूपमा लिएको समेत बताए ।

निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुनुपर्ने बताउदै उनले निर्वाचन आयोगले दुबै मतपत्र छपाउने निर्णय गरेसंगै निर्वाचन के होला भन्ने संका निवारण भएको बताए ।

सरस्वती माबि मेधौली जितपुरको स्वर्ण महोत्सबको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्न प्रचण्ड चितवन आएका हुन् ।