काठमाडौँ – नेपाली कांग्रेसको संसदीय दलको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन प्रतिनिधिसभामा रहेका सम्पूर्ण दलका सांसद र स्वतन्त्र सांसदलाई आग्रह गरेको छ ।


ADVERTISEMENT


आइतबार नयाँ बानेश्वरस्थित संसद भवनमा बसेको बैठकले संविधान, लोकतन्त्र र जनप्रतिनिधि संसदलाई बचाउनका लागि प्रधानमन्त्री देउवालाई विश्वासको मत दिन आग्रह गरेको कांग्रेस सचेतक पुष्पा भुषालले जानकारी दिइन् । उनले बैठकले प्रधानमन्त्री देउवाले विश्वासको मत पाउने विश्वास व्यक्त गरेको बताइन् ।


ADVERTISEMENT

# # #


उनले भनिन्, ‘जुन समूहले, जुन राजनीतिक दलहरुले हिजो गठबन्धन गरेर संविधानको रक्षाका लागि, संसदीय मूल्य, मान्यताका लागि सर्वोच्च अदालतसम्मको जुन साथ रहेको थियो, त्यो यथावत रहेको म जानकारी गराउन चाहन्छु ।’ सरकारका कामलाई प्रधवकारी बनाउने, संसदलाई गतिशील बनाउन, जनअपेक्षालाई सम्बोधन गर्नका लागि चाँड भन्दा चाँडो विश्वासको मत लिन आवश्यक भएकनले मत लिने निर्णय गरिएको उनले बताइन् ।

उनका अनुसार बैठकले संसदीय दलमा रहेका कांग्रेसका सम्पूर्ण सांसदलाई प्रधानमन्त्री देउवालाई विश्वासको मत दिनका लागि अनिवार्य रुपमा प्रनिधिसभामा उपस्थित हुन ह्वीप जारी गरेको छ ।

बैठकले संसद पुनर्स्थापना गर्ने देउवालाई संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा नियुक्त गर्न दिएको परमादेशलाई स्वागत गरेको छ ।