काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले आज विश्वासको मत लिने निर्णय गरेसंगै उनका पक्ष एवम् विपक्ष पार्टीहरु उनलाई मत दिने की नदिने? भन्ने विषयमा विभिन्न बैठकहरु बसिरहेका छन् ।


ADVERTISEMENT


यसै क्रममा जनता समाजवादी पार्टी नेपाल (जसपा) ले पनि सोहि विषयमा नै छलफल गर्न बैठकको आयोजना गरेको छ । यसका लागि जसपाको संसदीय दल बैठक पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा भर्खरै शुरु भएको छ । बैठकमा काठमाडौँमै रहेका करीब दुई दर्जन सांसदहरुले उपस्थित जनाएका छन् ।


ADVERTISEMENT

# # #


बैठकमा देउवालाई दिइने विश्वासको मतसंगै सरकारमा सम्मानजनक सहभागिता, मन्त्रालय बाड़फाँट, संसदीय दलको नेता चयन लगायतका विषयमा समेत छलफल गरिने जनाइएको छ ।