काठमाडौँ – नेकपा एमालेका प्रतिनिधिसभा सदस्य भीम रावलले पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत लिनुअघि रावलले राजीनामा दिएका हुन् ।


ADVERTISEMENT


अछाम क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रावलले अराजनीतिक क्रियाकलाप रोक्न आफूले प्रयास गरे पनि नसकेपछि राजीनामा दिएको बताए । राजनीतिक तहमा अनैतिक घृणित काम भइरहेकाले तिनलाई रोक्नका लागि अधिकतम प्रयास गरेको उनले बताए । अराजनीतिक गतिविधिको मतियार नबन्नका लागि प्रतिनिधिसभाबाट राजीनामा दिएको उनको भनाई छ ।


ADVERTISEMENT

# # #


उनले भने, ‘प्रतिनिधिसभाको विघटनदेखि पुनर्स्थापना र प्रधनमन्त्रीले विश्वासको मत लिने अवस्थासम्म आइपुग्दा उच्च राजनीतिक नेतृत्व तहमा देखिएको अनियन्त्रित र चरम अनैतिक व्यवहार तथा देश, जनता र पार्टीको हितभन्दा निजी स्वार्थ, अहम्, प्रतिशोधी र षड्यन्त्रकारी चरित्र एवम् देश र कार्य देख्दा देश र जनताको हितलाई सर्वोपरि सम्झिने जुनसुकै नेपाली नागरिकको मनमा घृणा उत्पन्न हुन्छ ।’

उनले अघि भने, अनैतिक राजनीति तथा देशर र जनविरोधी राजनीतिको मतियार हुनुभन्दा त्यसबाट अलग हुनु श्रेयकर भएकाले त्यस प्रकारको दुषित खेलबाट आफूलाई अलग गर्दै प्रतिनिधिसभाको पदबाट राजीनामा दिएको छु ।’

पछिल्लो समय रावल पार्टी एकताका लागि गठित कार्यदलका सदस्य रहेका थिए । आजै बसेको नेकपा एमालेको स्थायी कमिटीको बैठकले प्रधानमन्त्री देउवालाई विश्वासको मत नदिने निर्णय गरेको थियो । तर, माधव कुमार नेपाल समूहका संसदहरु भने देउवालाई विश्वासको मत दिने मूडमा रहेका छन् ।

यता देउवालाई विश्वासको मत दिने सांसदलाई एमालेबाट निकाल्ने निर्णय भएको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले बताएका छन् ।