काठमाडौँ– भोलिबाट शुरु हुन लागेको अमेरिकाबाट प्राप्त जोन्सन खोप अभियानमा प्रधानमन्त्री शेरबहादुर देउवाले खोप केन्द्रहरुको स्थलगत अनुगमन गर्ने भएका छन् ।


ADVERTISEMENT


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्तिमार्फत प्रधानमन्त्री देउवा सोमबार उपत्यकाभित्रका नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी, त्रिभुवन विश्‍वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल, महाबौद्ध तथा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, लगनखेल लगायतका केन्द्रहरुको स्थलगत निरीक्षणका लागि पुग्ने जानकारी दिएको हो ।


ADVERTISEMENT

# # #


एक पटक मात्रै लगाए पुग्ने भनिएको जोन्सन खोप कोभ्याक्स अन्र्तगत नेपाललाई १५ लाख ३४ हजार ४ सय ५० डोज प्राप्त भएको थियो । सो खोप भोलिदेखि ५० देखि ५४ वर्ष उमेर समूह, अपांगताको क र ख वर्गको परिचयपत्र पाएका व्यक्ति समूह, शरणार्थी तथा यसअघि खोप लगाउन छुटेकाहरुलाई प्राथमिकताका आधारमा वितरण गरिदैँछ ।