काठमाडौँ – प्रतिनिधिसभाको बैठक सुरु भएको छ । सर्वोच्च अदालतले असार २८ गते प्रतिनिधिसभा पुनर्स्थापना गरेसँगै पहिलो पटक बैठक बसेको हो ।


ADVERTISEMENT


तत्कालीन प्रधानमन्त्री केपी शर्माओलीले राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत जेठ ८ गते दोस्रो पटक प्रतिनिधिसभा विघटन गरेका थिए । तर, सर्वोच्च अदालतको संवैधानिक इजलासले उक्त निर्णय असंवैधानिक रहेको भन्दै संसद पुनर्स्थापना गरेको थियो ।


ADVERTISEMENT

# # #


सर्वोच्चले सात दिनभित्र बैठक बोलाउन र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो । सोही अनुसार बैठक बसेको हो ।

संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा नियुक्त भएका प्रधानमन्त्री देउवाले आजै प्रतिनिधिसभामा विश्वासको मत लिने कार्यतालिका रहेको छ ।